अर्थ |

सोमबार सुनको मूल्य स्थिर

गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २३ गते ।  सोमबार छापावाला सुनको भाउ प्रतितोलामा ९६ हजार १०० रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य सामेबार स्थिर देखिएको हो । 

आइतबार छापावाला सुन प्रतितोला ९६ हजार १०० मै कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुनको भाउ प्रतितोलामा ९५ हजार ६०० कायम भएको छ । सोमबार चाँदीको भाउ एक हजार ३२० रुपियाँ कायम गरिएको महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्यसमेत स्थिर देखिएको छ ।