अर्थ |

आइतबार सुनको मूल्य स्थिर

गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । नेपाली बजारमा सुनको मूल्य शुक्रबारकै भाउमा कारोबार भएको छ । आईतबार सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँमा कारोबार भएकोमा आईतबार समेत सोहि मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ । तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपियाँ छ । आईतबार चाँदीको मूल्य भने केहि घटेको छ । शुक्रबार तोलामा एक हजार ३३० रुपियाँमा कारोबार भएकोमा आइतबार १५ रुपियाँले घटेर प्रतितोला एक हजार ३१५ रुपियाँमा कारोबार भैरहेको छ ।