अर्थ | फिचर |

सोल्टीको सञ्चालकमा हेरफेर


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १७ गते । सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ ।
कम्पनीका अनुसार कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत सेयरधनी होलिडे इन्स् इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको छ । गत असोज ११ देखि नै सेयरधनी नरहेको उक्त कम्पनीबाट सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक भेंकटेश गोमाटास र उहाँको वैकल्पिक सञ्चालक विवेक भल्लाले आआफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।
हाल कम्पनीको सञ्चालकमा दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष हुनुहुन्छ भने शशिराज पाण्डे, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, निरञ्जनकुमार टिबरेवाला, जयाराज्य लक्ष्मी शाह, गणेशबहादुर चन्द र प्रकाशविक्रम खत्री सञ्चालक रहनुभएको छ ।