अर्थ | समाज |

तिहारको अन्तिम किनमेल


दीपक ज्ञवाली
बुटवल, कात्तिक ३० गते । भाइटीका आउन एक दिन बाँकी रहँदा बुटवलका बासिन्दाहरुले आइतबार तिहारको अन्तिम किनमेल गरे । अधिकांशले फूल, मसला, टीकाका सामग्री र उपहारजन्य वस्तुहरु खरिद गरे ।
कोरोना संत्रास जारी रहँदा दसैंको तुलनामा तिहारमा बजारमा बढि भिडभाड देखियो । अधिकांश बिक्रेता र उपभोक्ताहरुले माक्स भने लगाएका देखिन्थे ।
फूलको उत्सवका रुपमा पनि लिइने तिहारलाई केन्द्रित गरेर बुटवलमा तीन दिनसम्म पुष्प महोत्सव पनि सञ्चालन भयो । आईतबार सकिएको महोत्सवमा भने स्वदेशी फूल पहिलो दिनमै सकिएका थिए । बाँकी दुई दिन भारतबाट ल्याईएका फूलको बढी बिक्री भयो ।
यसपटक तिहार ढिला भएकाले स्वदेशी फूल चाँडै फूलिसकेका थिए । ब्यावसायिक र ब्यवस्थित पुष्प किसानहरुले ढिलो रोपेका फूल भने राम्रो बिक्री भए ।