उकालो लाग्यो सुनको मूल्य
काठमाडौँ, फागुन ११ गते । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजारभन्दा बढीले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार नाै सयमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार एक सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एघार सयले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत आज २५ रूपियाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० मूल्य कायम भएको छ ।