अर्थ | फिचर | प्रदेश |

बाजुरामा कोरोनाका गम्भीर सङ्क्रमित बिरामीकाे सङ्ख्या घट्दै


शेरबहादुर सार्की

बाजुरा जेष्ठ १२ गते । कोरोना सङ्क्रमितबाट गम्भिर भएर जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउनेको सङ्ख्या निकै घट्दै गएको छ । २०७८ वैशाख महिना देखि जेष्ठको पहिला सातामा सम्म कोरोना सङ्क्रमितबाट गम्भिर भएर जिल्ला अस्पताल बाजुरामा बिरामी आउने गरेका थिए ।

गाउँमा भएका बिरामी कोरोना देखिने होकी भन्ने डरले कोराना जाँच नगर्ने र गम्भिर भएपछि मात्र अस्पताल आउनेगथ्र्ये अहिले त्यो सङ्ख्या घट्दै गएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

कोरोना न्यूनिरकण गर्नाका लागि बाजुराका प्रत्येक पालिकामा रहेका कोरोना सङ्क्रमितको घरघरमै स्वास्थ्यकर्मी गएर प्राथमिक उपचार तथा कोरानाबाट जोगिने सचेतना कार्यक्रम फैलाउँदै गएपछि अहिले त्यो सङ्ख्या निकै कम भएको जिल्ला अस्पताल कार्यालय बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, जिल्लामा अक्सिजन सहित भेन्टिलेटर नभएका कारण उनीहरुलाई उपचार गर्न निकै समस्या हुने गरेको थियो । अहिले सामान्य बिरामी हुँदा पनि कोरोना जाँच गर्ने घरमै औषधि खाने,सावधानी अपनाउँदै गएपछि शिरिएस सङ्ख्या घट्दै गएको हो ।

सिरियस सङ्ख्या घट्दै गए पनि कोरोना सङ्क्रमितको सङ्ख्या भने पहिलो जस्तै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।एक  हजार ११२ जनाको पीसिआर एन्टिजेन्टबाट परीक्षण गर्दा ४४१ जना अहिले बाजुरामा कोरोना सङ्क्रमित छन् ।

त्यसमध्ये ८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् भने २६१ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभयो ।