नेपालमा लगानी गर्न आग्रह
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गर्नुभएको छ । नेपाल–फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले नेपाल लगानी भिœयाउन तयार रहेको बताउनुभयो ।
उहाँले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाइजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको पनि उल्ल्ेख गर्नुभयो ।
अध्यक्ष गोल्छाले महासङ्घले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० मा लगानीका क्षेत्र विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउँदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको जनाउनुभयो ।
हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करिब एक अर्ब रुपियाँको लगानी प्रतिबद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे आठ अर्ब रुपियाँ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि फ्रान्सेली राजदूत फँस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थमा रूपान्तरण गरी लाभ उठाउन जोड दिनुभएको महासङ्घले
जनाएको छ ।