सञ्चयकोषको अध्यक्षमा कर्ण
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । कर्मचारी सञ्चयकोष सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण नियुक्त हुनुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
शनिबार बसेको मन्त्रिपरिषदर बैठकले उहाँलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।
शपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढङ्गले गर्न निर्देशन दिनुभयो । हडतालजस्ता काम हुने वातावरण नहोसर, उहाँले भन्नुभयो, “कोष मर्यादित रूपमा सञ्चालनमा आओसर । ”
यसअघिका राजस्व सचिव रामशरण पुडासैनी सेवानिवृत्त हुनुभएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त थियो ।