अर्थ |

उदार अर्थनीतिबाटै आर्थिक वृद्धि सम्भव

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १६ गते । पूर्वअर्थमन्त्री डा. रामशरण महतले उदार अर्थनीतिप्रति सहमति भई सुुशासन कायम राख्दै कार्यान्वयन क्षमता वृद्धि गर्न सकेमा मुलुकले उच्च अङ्कको आर्थिक वृद्धि हासिल गर्नसक्ने बताउनुुभएको छ ।
धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीद्वारा लिखित ‘नेपालको अर्थतन्त्रका आयामहरू’ नामक पुुस्तकको शुुक्रबार राजधानीमा विमोचन गर्दै उहाँले यस्तो बताउनुुभएको हो । उदार अर्थ नीतिले दिगो आर्थिक विकासलाई सहयोग पुु-याउने उहाँको भनाइ छ । पूर्वअर्थमन्त्री महतले नेपालमा प्रजातन्त्रको पुुनस्र्थापनापछि २०४८ सालमा निर्वाचित नेपाली काँग्रेसको सरकारले अवलम्बन गरेको उदार आर्थिक र उदारीकरणको नीतिका सकारात्मक असरले नेपालको अर्थतन्त्र चलिरहेको स्पष्ट पार्नुभयो ।
मुलुकको अर्थतन्त्रको वास्तविक, सार्वजनिक, वित्तीय र बाह्य सबै क्षेत्रलाई समेटी पुस्तकमा सूूचनामूलक सामग्री, व्याख्या, विश्लेषण र सुुझाव रहेको चर्चा गर्दै उहाँले अर्थतन्त्रका बारेमा चासो राख्ने सबैका लागि पुुस्तक उपयोगी हुने पनि बताउनुभयो ।
पुुस्तकले नेपालले भोगेका भूूकम्प, नाकाबन्दीका साथै अहिलेको कोभिड–१९ ले नेपालको अर्थतन्त्र र विभिन्न क्षेत्रमा पुु-याएको असरलाई समेत समेटेको चर्चा गर्नुभयो । वरिष्ठ अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुुरेलले पुस्तकमा नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समालोचनात्मक प्रस्तुुति गर्दै भूूपरिवेष्ठित, क्षेत्रगत उपलब्धिको विवेचना, आर्थिक र शासकीय नीतिमा ल्याइएका परिवर्तन र तिनका प्रभावका विविध पक्षको समालोचना प्रशंसनीय रहेको बताउनुुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीले अर्थतन्त्रका विभिन्न आयामलाई बुुझ्न व्यावहारिक र सैद्धान्तिक कुुरा पुस्तकमार्फत ल्याइदिएको बताउनुुभयो । पुुस्तकका लेखक डा. कार्कीले विगत ४० वर्षदेखि नेपाल तथा अन्तर्राष्ट्रिय संस्थामा आर्थिक, बैङ्किङ, मौद्रिक, पुँजी बजार र बाह्य क्षेत्र आयामसम्बन्धी काम गर्दाको अनुुभवका आधारमा आफूले बुुझेको नेपालको अर्थतन्त्र र यसका विभिन्न पक्षका बारेमा विश्लेषण गरेको बताउनुुभयो ।
पुस्तकमा अर्थतन्त्रका चारवटा मुुख्य पाटो मानिने वास्तविक क्षेत्र, सार्वजनिकसरकारी वित्त, वित्तीय (मौद्रिक र पुँजी बजार) क्षेत्र र बाह्य÷वैदेशिक व्यापार तथा भुुक्तानी गरी चार आयामको चर्चा गरिएको छ ।