अर्थ |

कपिलवस्तुमा पर्यटन प्रवर्धन गर्न ५० करोड लगानीमा रिसाेर्ट

नारद कोहार 

तौलिहवा, कार्तिक ४ गते । कपिलवस्तु जिल्लालाई पर्यटन प्रवर्धन तथा पर्यटकीय हबको रूपमा विकास गर्न ५० करोड लगानीमा रिसाेर्ट सञ्चालनमा आएको छ । कपिलवस्तु पर्यटकीय, सांस्कृतिक एव्म ऐतिहासिक रुपमा भरी पूर्ण रहे पनि पछाडि परेको जिल्ला हो । यहाँ गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोट, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल, कपिलमुनि ऋृषिको महत्व र तपस्यास्थल, ठूला ताल र अन्न उत्पादनको भण्डारकाे रुपमा परिचित जिल्ला हो ।

सो अवस्थालाई दृष्टिगत गर्दै कपिलबस्तुको चन्द्रौटा बजार क्षेत्रमा तीन विगा क्षेत्रफलमा सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट सञ्चालनमा आएको छ । यस रिसाेर्टमा ३६ वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि तीन वटा फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, साैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान, स्विमिङ पुल पर्याप्त पार्किङ साथै आफ्नै २२ विगा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बीचमा बनेको छ ।

सो रिसोर्टमा ग्राहककाे लागि विभिन्न प्रकारका लाईभ फिसिङ्ग, मोटर बोटिङ्, वाटर डान्सिङ्ग फिसका साथै आफ्नै अर्गानिक फार्ममा उत्पादन गरिएका विभिन्न उत्पादन जस्तैः विभिन्न प्रकारका माछाका परिकार, लोकल कुखुराका परिकार, खसी बोकाका परिकार, हाँसका परिकार पाइने रिर्सोटका अध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो । आँफैले उत्पादन गरेको सागसब्जी र खाद्यान्नका परिकारहरु उपलब्ध गराइनेछ भने उक्त रिसाेर्टले पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्र र लुम्बिनीदेखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका दाैरान सेवा दिने अध्यक्ष भण्डारीले बताउनुभयो ।