अर्थ |

पुष्प प्रदर्शनीमा रमाउँदै फूलका सौखिन

दृश्यमा केशब गुरूङ्ग/मनाेजरत्न शाही, प्रस्तुति सपना थामी 

काठमाडौं, कात्तिक १३ गते । कोभिड–१९ महामारीका कारण निरन्तर प्रभावित बनेको पुष्प व्यवसाय क्षेत्र पहिलाकै स्थितिमा आउन अझै दुई वर्ष लाग्ने व्यवसायीहरुको भनाई छ । ललितपुरको जावलाखेल खेल मैदानमा शुक्रबारदेखि सुरु भएको १४ औं गोदावरी पुष्प प्रदर्शनीमा सहभागी हुनुभएका व्यवसायी राजकृष्ण बजगाँईले प्रदर्शनीले व्यवसायीहरुको व्यापार प्रवद्र्धन गर्न सघाउ पु-याउने बताउनुभयो ।

आम उपभोक्ताले खोज्नुभएको फूल, मलखाददेखि सबै कुरा एकै स्टलमा उपलब्ध हुन्छ । व्यवसायीको मार्कटिङ पनि हुन्छ, व्यापार पनि राम्रै छ ।’, उहाँ बताउनुहुन्छ । उहाँ वि.सं. २०६० देखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
यस्तै, विगत २१ वर्षदेखि पुष्प व्यवसाय गर्दै आउनुभएको रामकुमार पहरी पनि पहिला अलि गाह्रो भएपनि अहिले फूलको माग बढ्दै गएको र फूल व्यवसायप्रति सन्तुष्ट रहेको भनाई राख्नुहुन्छ । उहाँले सात, आठ जना कामदारसहित नर्सरी सञ्चालन गर्दै आउनुभएको छ ।
हाम्रो फूल बगैंचा नर्सरीका सञ्चालक सोनाम लामा योञ्जनले यो व्यवसाय अंगाल्नुभएको १६ वर्ष भइसक्यो ।
पछिल्लो समय उहाँले अर्को नर्सरी समेत सञ्चालनमा ल्याइसक्नुभएको बताउनुहुन्छ । कोभिड–१९ महामारीले पुष्प क्षेत्र प्रभावित भएपनि होटल क्षेत्रमा जस्तो मर्का नपरेको र अब तिहारमा राम्रो व्यापार हुने उहाँको भनाई छ ।