राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी (दस्तावेज सहित)
काठमाडौं, कात्तिक २९ गते । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी गरेको छ ।
एकीकृत निर्देशन २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन २०७८’ जारी गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको जनाएको छ ।