अर्थ |

चुनपहरोमा रक क्लाइम्बिङ महोत्सव

अमरराज नहर्की

तनहुँ, पुस ११ गते । बन्दीपुर गाउँपालिका–४ को विमलनगरको चुनपहरामा अहिले साहसिक खेल रक क्लाइम्बिङ गर्नेको भीड लागेको छ । रक क्लाइम्बिङको रुट संरक्षण गर्ने उद्देश्यले यहाँ स्वदेशी तथा विदेशी गरी १०० जति जम्मा भएका छन् ।
लो गर्ने क्रममा चुनपहरोमा गरिने रक क्लाइम्बिङको रुटको अस्तित्व मेटिन लागेकाले यसको संरक्षण गर्न दबाब दिन उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ । गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड तथा बन्दीपुर गाउँपालिकाको आयोजनामा पुस ९ देखि १२ गतेसम्म चल्ने महोत्सवमा देशविदेशबाट आएका माउन्टेनरिङ गाइडहरूबीच रक क्लाइम्बिङ प्रतियोगितासमेत गरिएको छ ।

भूमिगत मार्ग बनाउने, मस्र्याङ्दी नदीबाट टेवा पर्खाल दिएर फराकिलो बनाउने वा नजिकको फरक स्थानबाट राजमार्गको सडक लैजानेजस्ता विकल्प प्रयोग गर्न सुझाव दिएर बचाउन दबाब दिइरहेको महोत्सवको आयोजना गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो ।

‘चुनपहरो बचाऊँ’ विमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चुनपहरालाई बचाउन महोत्सवको आयोजना गरिएको बताउनुभयो । मुख्य आयोजक गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले विमलनगरको चुनपहरा साहसिक खेल रक क्लाइम्बिङका लागि नेपालकै उत्कृष्ट गन्तव्य रहेकाले यसलाई बचाउन आफूहरूले महोत्सवको आयोजना गरेको बताउनुभयो । उक्त महोत्सवमा १०० भन्दा बढी माउन्टेरिङ गाइडको सहभागिता रहेको छ । महिला र पुरुषको छुट्ट्छुट्टै पुरस्कारको व्यवस्था गरिएको र प्रथम र द्वितीय हुनेलाई क्रमशः ५० हजार र २५ हजार रुपियाँ नगदको व्यवस्था गरिएको छ ।