अर्थ |

लगानी गर्न आग्रह

गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २० गते । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई उचित सेवा सुविधा दिलाउन सरकार तयार रहेको बताउनुभएको छ । आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्तासँगको अन्तत्र्रिmयामा उहाँले पुराना तथा नयाँ लगानीकर्तालाई उत्साही भएर लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन पनि आग्रह गर्नुभयो । लगानीकर्ताका समस्याप्रति सरकार गम्भीर भएकाले समस्या सहजीकरण गर्न र समस्याको समाधान ढिलाइ नहुने उहाँले बताउनुभयो । लगानी बोर्डको उपाध्यक्षसमेत रहनुभएका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन पनि दिनुभयो ।