अर्थ |

नेप्सेको सीईओका लागि पाँच जना प्रतिस्पर्धामा

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका प्रारम्भिक छनोटमा पाँच जना आवेदक परेका छन् । प्रारम्भिक छनोटमा परेका आवेदकको व्यावसायिक कार्ययोजना प्रस्तुति आइतबार हुने भएको छ ।

सीईओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरेको हो ।

छनोट भएका उम्मेदवारमा वर्णानुुक्रमअनुसार रिब्दीकोट–७, पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर–२३ का डा. केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रवीण पन्दाक, शिवसताक्षी झापाका रमेश घिमिरे र आँटफैला नवलपरासीका डा. रमेशकुमार भण्डारी रहनुुभएको छ ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ ।