मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रम धामलाई सहयोग
काठमाडौं, फागुन २५ गते । मुक्तिनाथ विकास बैंकले कपिलवस्तुस्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आए अनुसार बैठकले उक्त आश्रमलाई आर्थिक सहयोग गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
बैंकले श्री कैलाश आश्रम धामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले एक कार्यक्रमबीच श्री कैलाश आश्रम धामलाई चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपुर शाखाका प्रबन्दक लेखेन्द्र जि.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा आश्रको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।