समाज | प्रदेश |

महिला उद्यमी मेला हुने

काठमाडौं, फागुन २६ गते । ललितपुर महानगरपालिकाले वडा नम्बर १६ स्थित नागबहाल र इलाननीमा फागुन २७ गतेदेखि तीनदिने महिला उद्यमी मेला आयोजना गर्न लागेको छ ।

११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा स्थानीय महिला समूह र विभिन्न सहकारीले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, मूर्ति, लत्ताकपडा, हस्तकला मेलामा राखिनेछ ।

यस्तै, मेलामा नेवारी खाना र खाजासहित कुटुम्ब व्याण्डको साङ्गीतिक प्रस्तुति र स्थानीय उद्यमीले बनाएका डिजाइनमा आधारित फेसन, फोटोग्राफी र चित्रकला प्रदर्शनीमा राखिनेछ।

ललितपुर महानगरका वडा नम्बर १६ का अध्यक्ष निर्मलरत्न शाक्यले महिला सशक्तीकरणका लागि महिला उद्यमशीलता अभिवृद्धि गर्न मेला आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।