निर्माण व्यवसायी महासङ्घमा सिंह
गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १ गते । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह निर्वाचित हुनुभएको छ । महासङ्घको १२औँ अधिवेशनका अवसरमा आइतबार सम्पन्न निर्वाचनमा ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठको यो दोस्रो कार्यकाल हो । अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रतिस्पर्धी पाण्डेले ३३७ र कोइरालाले ३२ मत प्राप्त गर्नुभयो ।
यसैगरी महासङ्घको वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा ५६३ मतले विजयी हुनुभएको छ । प्रदेश १ बाट उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, मधेसबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खिमप्रकाश मल्ल, लुम्बिनीबाट टोपबहादुर रायमाझी, कर्णालीबाट रत्नबहादुर खड्का र सुदूरपश्चिमबाट प्रकाशबहादुर सेठी निर्वाचित हुनुभएको छ ।
महासचिवमा रोशन दाहाल ७१९ मत ल्याएर निर्वाचित हुनुभएको छ । महासचिवमा दाहालको यो दोस्रो कार्यकाल हो । दुई उपमहासचिवमा शिवहरि घिमिरे र नरहरि थपलिया निर्वाचित हुनुभयो । साथै कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह निर्वाचित हुनुभयो । अधिवेशनले ४६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिले सोमबार शपथग्रहण गरेको छ ।