जावलाखेलमा पुष्प मेला (फोटोफिचर)
काठमाडौं, चैत १२ गते । जावलाखेलको मैदानमा २३ औँ पुष्प मेला जारी छ । बिहीबारदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सुरु भएको २३औँ पुष्प मेला आइतबारसम्म चल्नेछ ।
चार दिनसम्म चल्ने उक्त मेला अफिसियल स्टल चार वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुई वटा र व्यावसायिक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल रहेको एशोसिएसनले जनाएको छ ।
मेलामा मौसमी फूल, आलंकारिक बोटबिरूवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्पखेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष छ ।
मेलामा पुष्प नर्सरी, पुष् फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाको सहभागिता छ।