शिक्षा |

गाउँमै निःशुल्क पढाइ 

 सिन्धुपाल्चोक, असोज गते। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क पढाइने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको श्री महेन्द्र प्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने भएको हो । सरकारले प्रत्येक बालबालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क पाउने भनेर घोषणा गरेको भए पनि हालसम्म कुनै पनि विद्यालयमा त्यस्तो व्यवस्थाका छैन।    
    
एसइईपछि आफूले इच्छाएको विषय अध्ययन गर्न महङ्गो खर्चमा आफ्नो गाउँ छोडेर सहर बजार जाने विद्यार्थीलाई आफ्नै गाउँमा निःशुल्क शिक्षा पाउने वातावरण सिर्जना भएपछि घट्दै गएको विद्यार्थी सङ्ख्या बढ्ने विश्वास गरिएको छ ।विद्यार्थी तथा अभिभावकलाई पनि अर्थिक भार नहुने हेतुले उक्त अभियान शुरु गरिएको वडाध्यक्ष सुकदेव रिसालले बताउनुभयो ।

रिसालको यो अभियानमा विद्यालयले भर्ना कार्यक्रम शुरु गरिसकेको छ भने उक्त अभियानलाई सहजताका साथ अघि बढाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम न्यौपाने र प्रध्यानाध्यापक सुरज भट्टराई पनि लागिपर्नुभएको छ ।