शिक्षा |

सिन्धुपाल्चोकमा धमाधम बन्द हुन थाले सामुदायिक विद्यालय

चित्र मिजार
सिन्धुपाल्चोक, असोज २३ गते । कोभिड १९ को महामारीमा पनि सिन्धुपाल्चोकमा खुलेका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । सरकारले बैकल्पिक शिक्षालाई प्राथमिकता दिनु भन्ने निर्देशनलाई अटेर गर्दे विद्यार्थी नै विद्यालय उपस्थिति गराएर शिक्षण गराउँदै आएका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । तर निजी विद्यालय बन्द भएका छैनन् ।
समुदायमा कोभिड १९ संक्रमण फैलिन थालेपछि बजार क्षेत्रका विद्यालय बन्द हुन थालेका छन् । बलेफी गाँउपालिका ७ मा रहेको बालशिक्षा मावि, सुनकोशी गाँउपालिका ७ मा रहेको सेतीदेवी शारदा माबि, बाह्बिसे नगरपालिका ४ मा रहेको शारदा मावि लगायत बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालय बन्द भएका छन् । तर ग्रामीण क्षेत्रका विद्यालय बन्द भएका छैनन् ।
त्रिपुरासुन्दरी गाँउपालिका ३ धुस्कुनमा रहेको महेन्द्र प्रताप मावि, पिस्करमा रहेको मंगलामाई मावि, बाह्बिसे नगरपालिका ८ को भद्रकाली मावि जस्ता तीन दर्जन सामुदायिक विद्यालय बन्द भएका छैनन् । ती विद्यालयहरुमा अहिले पनि बिद्यार्थीलाई विद्यालयमा नै उपस्थिति गराएर शिक्षण क्रियाक्रलाप भईरहेको छ । सोही कारण कोभिड १९ संक्रमण हुने निश्च्यितप्रायः रहेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय तहले निर्णय नै गरेर एक साता अघिबाट सामुदायिक विद्यालय खुलेका थिए । विद्यार्थीलाई जबजर्स्विद्य विद्लय डाकिएको थियो । विशेष गरि कक्षा ९ र १० लाई विद्यालयमा नै डाकिएको थियो । कोरोना भाइरसबाट बच्न सामान्य मास्क, साबुन पानी र ज्वरो नापेर बच्न सकिनेमा ढुक्क भएर विद्यालय चलेका थिए । तर बजार र गाँउमा कोभिड १९ का बिरामी भेटिन थालेपछि विद्यालयहरु बन्द हुन थालेका छन् ।
स्थानीयले भौतिक रुपमा विद्यार्थी बोलार विद्यालय चलाउन आग्रह गरेका थिए । तर स्थानीय तह र विद्यालयले उक्त कुरा नसुनेको खाडीचौरका सुरेन्द्र नेपालले बताउनुभयो । बजारमा कोभिड १९ का बिरामी बढेको बढै छन् तर विद्यालय भने संचालनमा छ । विद्यार्थीहरुलाई संक्रमण भयो भने कसले जिम्मा लिन्छ नेपालले आक्रोस ब्यक्त गर्नुभयो ।
विद्यार्थीको शिक्षण सिकाईमा लामो समय बाधन नहोस्र भन्ने उद्धेश्यले विद्यालय खुलाइएको बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । तर शिक्षा बिकास तथा समन्वय इकाईले भने महामारीमा विद्यालय नखुलाउन आग्रह गर्दे आएको छ । तर सिन्धुपाल्चोकका निजि विद्यालयहरुले टियुशनको नाम दिएर बिद्यार्थीलाई विद्यालयमा नै डाकेर शिक्षण गराई रहेका छन् । सो कारण बिद्यार्थीहरुमा कोरोना भाइरस हुने त्रास बढेको छ ।