शिक्षा |

जाडोले दुई दिन विद्यालय बन्द  

बुटवल, माघ १५ गते । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहीबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताउनुभयो ।    
    
बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । नगरपालिकामा कूल एक हजार ८३६ निजी तथा सार्वजनिक विद्यालय छन् ।