शिक्षा |

हिमपातबाट बन्द विद्यालय सञ्चालनमा

फुङ्लिङ, फागुन ९ गते । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिनुभयो ।

विस्तारै मौसम राम्रो हुँदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन् ।

यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ । घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो । सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिनुभयो । विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत छन् ।

अझै स्थापना भएन बैँक

सेञ्चुरी बैंकले मिक्वाखोला गाउँपालिकामा शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन् ।

नेपाल बैंकले २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा शाखा कार्यालय स्थापना गर्ने परिपत्र गरेको थियो । यसै अनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापन गरेर आर्थिक कारोवार गर्दै आएको छ ।

सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको थियो । अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन । गाउँपालिकामा आर्थिक कारोवार नहुँदा ताप्लेजुङ सदरमुकाम जानु परेकोे मिक्वाखोलाका लेखा अधिकत प्रशान्त भट्टराइले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।” सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंक मार्फत गर्नुपर्ने निर्देशन दिएको छ । गाउँपालिकामा बैंकले नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक कारोवारमा समस्या हुर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले धेरै पटक सञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गरौं । विभिन्न बहाना गर्दै आएको छ ।” बैंक शाखा स्थापन नगरेपछि एउटा योजनाको लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म आउनुपर्ने हुन्छ । गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ । सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्किइ गाउँपालिकाको कार्यालयमा पग्नुपर्दछ ।

योजना सम्पन हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ । मिक्वाखोलादेखि सदरमुकाम पुग्न रु ५०० गाडी भाडा लाग्छ । पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका फर्किन पाँच हजार गाडी भाडा मात्र तिर्नुपर्दछ । गाउँपालिकामा बैंक भए एक दिन पनि नलाग्ने समय बैंक नहुँदा एउटा योजना सम्पन्न हुँदा दश दिन समय खर्च गर्नुपरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाइ भएको गाउँपालिकापालिका–२ का वडाध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो कार्यपालिकाको पर्सी बैंठक छ । बैंठकले एक किसिमको आन्दोलन गर्ने प्रस्तावमा छौं ।” समयमै शाखा स्थापना नगरेकाले स्थानीय समुदायलाई स्थानीय सरकारको अनुभूति पाउन नसकेको वडाध्यक्ष थापाले बताउनुभयो ।

बैंकका लागि आश्यक उपकरण गाउँपालिका केन्द्रमा पु¥याइसकेको र इन्टरनेट जोड्न मात्र बाँकी रहेको सेन्चुरी बैंकका काठमाडौँका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल बैंकले परिपत्र गरेको निकै अगाडि नै हो । विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापन गर्न नसक्नु हाम्रो कमजोरी रह्यो ।” बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरुक्षाकर्मीसमेत राखिसकेको र छिट्टै कारोवार शुरु हुने उहाँले जानकारी दिनुभयो ।