शिक्षा |

वैकल्पिक विधिबाट पठनपाठन गर्न सिफारिस

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ५ गते । कोभिड–१९ सङ्कट व्यव स्थापन केन्द्र (सीसीएमसी)को बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव तथा सीसीएमसीका संयोजक डा. खगराज बरालका अनुसार कोभिड प्रभावित जिल्ला वा क्षेत्रमा अनलाइन वा वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सञ्चालन गर्न सिफारिस गरिएको छ । यसअघि शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धेरै विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न सकिने विकल्प खुला गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९)को नयाँ सङ्क्रमण बढ्ने अव स्था देखिएपछि सरकारले आलोपालो प्रणालीबाट विद्यालय सञ्चालन गर्न सकिने विकल्प खुला गरेको हो । नयाँ कोरोना भाइरसले जटिल अवस्था ल्याउन सक्ने आकलन गरिएपछि विद्यालय बन्द हुने सम्भावनासमेत बढेको छ । काठमाडौँ महानगरपालिकाले पनि कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकामा एक सातासम्म विद्यालय बन्द गर्न सक्ने जनाएको थियो । विद्यालय बन्द गरिएको अव स्थामा भने वैकल्पिक विधिको माध्यमबाट पठनपाठन सञ्चालन गर्नुपर्ने जनाइएको छ । यसअघि स्वा स्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई जोखिमको सूचीमा राखेको थियो ।