शिक्षा | फिचर |

विहिवार देखि विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

गोरखापत्र अनलाइन
काठमाडौ, बैशाख ८ गते । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो । 

भोली विहिवार देखि लागु हुने गरि अर्को सूचना नभए सम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको हो । तर विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।