शिक्षा | राष्ट्रिय |

शिक्षा समितिको बैठक बुधबार पनि बस्ने गरी स्थगित

गोरखापत्र अनलाइन

काठमाडौं,असोज ५ गते । काठमाडौं महानगरको शिक्षा समितिको बैठक बुधबार पनि बस्ने गरी स्थगित भएको छ । महानगरभित्रका विद्यालयहरु तत्काल भौतिक रुपमा सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो ।

महानगरले अघिसारेका २७ वटा एजेण्डामाथि छलफल गर्ने क्रमै बैठक स्थगन भएको उहाँले बताउनुभयो । बैठक बुधबार बेलुका ४ बजे पुनः बस्नेछ । यसअघि विद्यालय सञ्चालन गर्न काठमाडौं प्रशासनले स्थानीय तहको अनुमति लिएर मात्र सञ्चालन गर्न आग्रह गरेपश्चात् महानगरले शिक्षा समितिको बैठक आह्वान गरेको हो ।