शिक्षा |

स्कुले विद्यार्थीका लागि सिकाइ चौतारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १८ गते । कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार गरिएको छ ।

मन्त्री पौडेलले सहरमा प्रविधिको विकास भइसकेको छ बताउँदै गाउँका कुनाकन्दराका विद्यार्थीले सहजै चलाउन सक्नुपर्ने बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले पोर्टलले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको बताउनुभयो ।