शिक्षा | प्रदेश |

कृषि विश्वविद्यालयको उपकुलपतिमा महतो नियुक्त


धीरेन्द्रप्रसाद साह
जनकपुर, मङ्सिर २१ गते । प्रदेश २ सरकारले मङ्गलबार कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ । उपकुलपतिमा प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य सिराहा जिल्लाको मिर्चैया नगरपालिका –२ निवासी डा. वैधनाथ महतोलाई नियुक्त गरिएको हो ।

प्रदेश सरकारको महत्वाकांक्षी कार्यक्रममध्ये कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको सुरुवातको लागि उहाँलाई उपकुलपतिमा नियुक्त गरिएको छ । कृषि विश्वविद्यालयका कुलपति प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिशमा उपकुलपतिमा महतोलाई नियुक्त गरेको बताइएको छ ।

पाँच वर्षका लागि उहाँलाई उपकुलपतिमा नियुक्त गरिएको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताउनुभयो ।