शिक्षा |

ताेकिएकाेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही : शिक्षा मन्त्रालय

गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २१ गते । निर्धारितभन्दा बढी विद्यार्थीबाट शुल्क अशुल्ने मेडिकल कलेजलाई कारवाही गर्ने शिक्षा मन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर प्रचलित नियम र कानुन विपरित कुनै पनि शिर्षकमा शुल्क नलिन कलेज सञ्चालकलाई पटक पटक चेतावनी दिंदा अटेरि गरिरहेको पाइएको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दिएको निर्देशनलाई बेवास्ता गरि विद्यार्थीबाट गैर कानुनी रुपमा शुल्क अशुल गरिएमा राष्ट्रिय चिकित्शा ऐन २०७५ बमोजिम कारवाही हुने व्यहोरा समेत यो सूचना प्रेषित गरिएको छ ।” गैरकाुननी रुपमा शुल्क लिएको वा नलिएको बारेमा अनुगमन गरिने पनि मन्त्रालयले जनाएको छ ।