शिक्षा |

प्रथम क्रिएटिभ नमुना प्रदेश सभा सम्पन्न

काठमाडौं, पुस २६ गते । संघीय गणतन्त्र र व्यवस्थापिका सदनको विषयमा पठनसंस्कृतिलाई व्यवहारिक रुपमा बुझ्न क्रिएटिभ एकेडेमीका विद्यार्थीहरुले एक अभ्यास गरेका छन् । ‘प्रथम क्रिएटिभ नमुना प्रदेश सभा’ दुईदिनसम्म आयोजना गरेर विद्यार्थीहरुले सिद्धान्तलाई व्यवहारिक रुपमा बुझ्ने प्रयास गरिएको हो ।

संघीय गणतन्त्रमा नेपाल गैसकेपछि त्यसको कार्यान्वयनमा केही समस्या रहेको बताइरहँदा विद्यार्थीहरुले व्यवहारिक रुपमा सोबारे अभ्यास गरेकोमा खुसी लागेको बागमती प्रदेशका सभामुख सानु श्रेष्ठले आइतबार भएको समापन कार्यक्रममा बताउनुभयो । उहाँले व्यवहारमा संघीयता कार्यान्वयन गर्नको लागि आफूले सिकेको ज्ञानलाई प्रयोग गर्नुपर्ने धारणा राख्दै सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र दिनुभयो । 

आयोजक क्रिएटिभ एकेडेमीका अध्यक्ष मर्जिमान सिंहले व्यवहारिक रुपमा विद्यार्थीलाई सिकाउन सके सिकाइ अध्यास राम्रो हुने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । कार्यक्रममा सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य पुकार महर्जनले उद्घाटन गर्नुभएको थियो । साे नमुना प्रदेश सभामा संघीय बहसमा युवा र युन इन फिडरल डिस्काेर्सले सहयाेग गरेकाे थियाे । 

–समापन कार्यक्रममा सहभागी हुनुभएका वागमती प्रदेशका सभामुख सानु श्रेष्ठ र प्रदेश सदस्य पुकार महर्जनसहितका अतिथिहरू