मनोरञ्जन | पढ्नै पर्ने |

हलिउड अभिनेता ४३ वर्षीय चाडविक बोसमनको निधन

गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १३ गते । अमेरिकी अभिनेता चाडविक बोसमनको निधन भएको छ । मार्भेल सुपरहिरो फ्रेञ्चाइजमा ब्ल्याक पैन्थरको भूमिकामा रहनुभएका ४३ वर्षीय बोसमनको क्यान्सरको कारणले मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
लस एन्जेल्सस्थित आफ्नो घरमै उहाँ श्रीमती र परिवारका अन्य सदस्यहरूको नजिक अन्तिम श्वास लिनुभएको सामाजिक सञ्जालमा साझा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ । उपचारको क्रममा बोसमनमा चार वर्षअगाडि पेटको क्यान्सर भएको पत्ता लागेको थियो । तर उहाँले हालसम्म आफ्नो स्वास्थ्यको जानकारी सार्वजनिक गर्नुभएको थिएन ।
उहाँको आकस्मिक निधनले प्रशंसक र हलिऊडलाई नै स्तब्ध बनाएको निर्देशक जोर्डन पीलेले प्रतिक्रिया दिनुहुँदै श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । “मार्शलदेखि दा फाइभ ब्ल्डस्, अगष्ट विल्सनको मा रैनीको ब्ल्याक बटमसँगै अझै थुप्रै फिल्ममा बोसमनले अभिनयका बीच शल्यक्रिया र कीमोथेरापी लिनुभएको थियो ।”– उहाँको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
बोसमनले यथार्थ जीवनका बेसबलका जैकी रोबिन्सनको जीवनीमा आधारित २०१३ को ४२ र गायक जेम्स ब्राइनको जीवनीमा आधारित ‘गेट अन अप’मा सफल अभिनय गर्नुभएको थियो । तर सन् २०१८ मा उहाँले ब्ल्याक पैन्थरको अभिनयले उहाँलाई सधैँ स्मरण गराइरहन्छ ।
अफ्रिकी काल्पनिक कथामा आधारित ‘वकान्डा फरएभर’को अभिनयलाई बोसमन आफैँले पनि अत्यन्तै रुचाउनुभएको थियो । उक्त फिल्मले विश्वभरि करिब नौ अर्ब ७३ करोडको व्यापार गरेको थियो । अश्वेत अभिनेता र अश्वेत निर्देशक रयान कुग्लरको उत्कृष्ट जोडीको रुपमा उक्त फिल्मलाई अथ्र्याइएको छ । बोसमनले उक्त फिल्मबारे प्रतिक्रिया दिनुहुँदै भन्नुभएको थियो, “फिल्मले जवान, प्रतिभाशाली र काला हुनुको अर्थ परिवर्तन गरेको छ ।”
तर ब्ल्याक पैन्थर ओस्करका लागि छनोट भएको पहिलो सुपरहिरो फिल्म बन्न गयो । सन् २०२२ मा अर्को श्रृङ्खला आउने तय भएको थियो । तर यसका बीच बोसमनको निधन हुन गएको छ ।
आफ्नो शल्यक्रिया र उपचारबारे कहिले पनि सार्वजनिक नगरेकै कारणले उहाँको मृत्युले अभिनयको संसारलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति मार्क रुफालो, अभिनेता ड्वायन जोन्सनले श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।