मनोरञ्जन |

ताप्लीको रानीपोखरी सार्वजनिक

गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक ५ गते । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ स्रोता माझ आएको छ । पन्तले गायक तथा संगीतकार डिबी खड्कासँग गीत गाउनुभएको हो । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतको संगीत एरेन्ज देबेन्द्र नेवाले गर्नुभएको हो ।
सो गीतको भिडियोमा अञ्जली अधिकारी, शोभित प्रसाईको अभिनय रहेको छ ।