मनोरञ्जन |

शुक्रबारबाट सिनेमा हल चलाउने तयारी, स्वीकृति पाउन बाँकी

गोरखापत्र समाचारदाता
काठमाडौं, पुस ८ गते । कोरोनाभाइरस संक्रमणको महामारीको कारण विगत नौ महिनाबाट ठप्प भएको सिनेमा घर कहिलेदेखि सञ्चालनमा आउने टुङ्गो छैन ।
तर, हलहरुको छाता संंगठन चलचित्र संघले भने पुस १० अर्थात शुक्रबारबाट चलचित्र हल खोल्ने निर्णय गरिसकेको छ ।
शुक्रबारबाट हल सञ्चालनग र्ने तयारी गरेका हलव्यवसायी अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल सञ्चालनका लागि अनुमति नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हलव्यवसायीको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले भन्नुभयो, चलचित्र घर खोल्नु नै पर्छ । हामीले त असारदेखि नै खोल्नुपर्ने माग गरेका थियांै । स्वास्थ्य मापदण्ड अपनाएर सिनेमा घरहरु सञ्चालन गर्नुपर्ने उहाँले जानकारी दिनभयो ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबाट सिनेमा घर खोल्नुपर्छ भनेर प्रस्ताव गइसकेको जानकारी दिदै निर्णय हुन बाँकी रहेको बताउनुभयो ।
चलचित्र संघका अध्यक्ष मधु सुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।
यीदुबै चलचित्र हलमा प्रदर्शनी भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण बन्द गर्नुपरेको थियो ।
उहाँले भन्नुभयो, ‘जुनचलचित्र रिलिज भैरहेको समयमा हल बन्द गर्नुपरेको थियो, अब शुक्रबारबाट हामी सोही चलचित्र चलाउने तयारीमा छौं । सम्भवतः आमा र सेन्टी भाइरस नै रिलिज हुन्छ ।  
देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हलखोल्न उत्साहित छन् प्रधानले थप्नुभयो, सिनेमा घर खोल्न सरसफाइ गरिरहेका छन् ।
चलचित्र बनाएर बसेका निर्माताहरु तत्काल चलचित्र प्रदर्शन नगर्ने बताउँदै आएका छन् । त्यसैले पुराना चलचित्र नै हालको लागि प्रदर्शन गर्ने जानकारी दिनुयभो ।