मनीषाकाे ‘महामृत्युञ्जय मन्त्र’ गीत सार्वजनिक
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । नेपाली अभिनेत्री तथा लेखक मनीषा कोइरालाले गाउनु भएको ‘महामृत्युञ्जय मन्त्र’ शिर्षकको गीत शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्नुभएको छ ।
महाशिवरात्रीको अवसर पारेर पाटन दरबार क्षेत्रमा हालै भएको एक औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
महामृत्युञ्जयमा मनीषासँगै सुरसुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् ।
मन्त्रलाई सुरेन्द्र श्रेष्ठले कम्पोज गर्नु भएको हो । राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितारले महामृत्युञ्जय मन्त्रमा संगीत भरिएको छ ।