मनोरञ्जन |

‘सधैँभरि तिम्रो’ बुधबार सार्वजनिक

गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १ गते । गायक तथा सङ्गीतकार देवकुमार द्रविडको म्युजिक भिडियो ‘सधैँभरि तिम्रो’ बुधबार सार्वजनिक गरिएको छ । बरिष्ठ सङ्गीतकार राजु सिंह र सञ्चारकर्मी दीपक विहीनले संयुक्त रुपमा म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।
प्रकाश थापा पुलामी मगरको शब्द, देवकुमार द्रविडको सङ्गीत र स्वर रहेको सधैँभरि तिम्रो..बोल गीतको भिडियोको निर्देशन मौशम विक्रम शाहीले गर्नुभएको छ । भिडियोमा लक्ष्मी दुलाल र साइमन थापाले अभिनय गर्नुभएको छ । गीतमा बुद्ध स्याङ्वाले सङ्गीत संयोजन गर्नुभएको छ । भिडियोलाई लुम्बिनी इन्टरटेनमेन्ट नेपालको युट्युव च्यानलमार्फत् अपलोड गरिएको जनाइएको छ ।