मनोरञ्जन |

भारतीय अभिनेत्री सुरेखा सिक्रीको निधन

गोरखापत्र अनलाइन
काठमाडौं, साउन १ गते । भारतीय अभिनेत्री सुरेखा सिक्रीको निधन भएको छ । ७५ वर्षीय सुरेखाको हृदयघात भएर निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘बधाई हो’ चलचित्र र ‘बालिका बधु’ जस्ता सानो पर्दाका चलचित्रमा अभिनय गर्नुभएकी सिक्रीले सन् १९८८ देखि सन् २०१८ सम्म तीन पटक राष्ट्रिय पुरस्कार जित्नुभएको छ । गएको चार वर्षमा उहाँले दुई पटक हृदयघातको सामना गर्नुभएको छ ।
नयाँ दिल्लीमा जन्मिनुभएकी सिक्रीले तमास, मामू र बधाई हो का लागि राष्ट्रिय पुरस्कार हात पार्नुभएको थियो ।