मनोरञ्जन |

कोरोनाको कहरबीच गायक ढुङ्गाना बन्नुभयो कृषक

अमरराज नहर्की
तनहुँ, साउन १४ गते । कोरोनाको सङ्क्रमणले गर्दा मेला महोत्सवमा नहुँदा गायक तथा गायिकाहरुको आम्दानी प्रभावित भएको छ । कोरोनाको कहर दोस्रो लहर झन् तिब्र रुपमा फैलिँदा र लामो समय असर गरेकाले कतिपय गायक तथा गायिकालाई जीवन चलाउन समेत धौ धौ भएको छ । लोक तथा दोहोरी गायक रमाकान्त ढुङ्गानाले आफ्नो साङ्गेतिक कर्मलाई अप्ठ्रो परेपनि कृषि पेशा अङ्गालेर मनग्गे आम्दानी गरिरहनु भएको छ । व्यास नगरपालिका–१० दुम्सीमा गाई फाम सञ्चालन गर्नु भएको छ ।


स्थायी आम्दानी गरी घरपरिवार चलाउन सहज बनाउन गायक ढुङ्गानाले जर्सी तथा होलेन जातका १० वटा उन्नत गाई पाल्नु भएको छ । दुई वर्ष अघि देखि व्यवसायिक रुपमा गाई पालेको र मासिक ४० हजार देखी ५० हजार रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ । ‘‘गायन पेशामा मात्रै अङ्गालेको भए कोरोनाको कहरको बेला जीवन चलाउन कठिन हुन्थ्यो अहिले अधिकृत स्तरको कर्मचारीको तलब बराबर बचत गर्न सफल भएको छु’’ गायक ढुङ्गानाले भन्नुभयो । लोक दोहोरी गीत प्रतिष्ठान तनहुँका पूर्व अध्यक्ष गायक ढुङ्गानाले १७ वटा एल्वम बजारमा ल्याई सक्नु भएको छ। प्रत्येक वर्ष दुई देखि तीन वटा एल्वम बजार ल्याउने गर्नु भएका गायक ढुङ्गानाले आफ्नै लय तथा शब्दमा गत वर्ष ‘कटहर काँचो छ’ एल्वम बजार ल्याउनु भएको थियो ।
तारा लागे आकाशैमा बत्ति बले गाउँमा
लोर्के जोवन सुम्पिसके मायालुकै नाउँमा
कटर काँचो छ
अब मलाई निरमाया तिम्रै खाँचो छ ........
यो महोत्सव लक्षित गीत बजार ल्याएपनि कोरोनाले नछाडेकाले गायक ढुङ्गानाले मेला, महोत्सवमा गएर गीत गाउन पाउनु भएन । यस गीतमा गायिक देवी घर्तिले साथ दिनु भएको छ । खोलो जता बगेको छ त्यतै बग्नु पर्छ भने भैंm गायक तथा गायिकाले महोत्सव लक्षित गीत ल्याउनु पर्ने तर त्यसमा मौलिकता गुमाउन नहुने गायक ढुङ्गाना बताउनुभयो । ‘‘महोत्सवमा विक्नको लागि रमाईलो हुनुपर्छ तर लोक गीत भनेर ल्याईएका गीत आफ्ना बुबा र आमासँग सँगै बसेर हेर्न समेत अप्ठ्रो लाग्ने अश्लील छन् त्यस्तो भने अन्त्य हुनुपर्छ’’ गायक ढुङ्गानाले भन्नुभयो ।
चिन्तुटारको रङ्ग शालैमा बोलको .....गीत बजार ल्याउने तयारी गरिरहनु भएका गायक ढुङ्गानाले कोरोनाको दोस्रो लहर बढेकाले यस लोकगीतको काम रोकेर राखेको बताउनुभयो । गायकको जीवन आम्दानीको हिसाबले उतरचढाव हुने र स्थायी आम्दानीको लागि कृषि पेशा अङ्गालेको गायक ढुङ्गानाले बताउनुभयो । परिवारलाई खुसी राख्नको लागि बचेको समय खेर नफाल्न तथा आम्दानी पनि राम्रो हुने भएकोले गाई पालन गरेको गायक ढु्गानाको भनाई छ । गायक ढुङ्नाले स्थानीय उत्पादन बिक्री गर्ने दुम्सीमा नै बेम्बो कटेज सञ्चालन गर्नु भएको छ । गायक ढुङ्गानाले होटल व्यवसाय पनि सञ्चालन गर्नु भएको छ । आफ्नो होटललाई दुध, दहि र घिउ आवश्यक पर्ने आपैmले उत्पादन गर्दा नाफा धेरै भएकोले व्यवसाय शुरु गरेको गायक ढुङ्गानाले बताउनुभयो ।
‘‘गीत चल्दाको अवस्थामा मन खुसी भएपनि गीत चलेन भने अब कसरी के गर्ने भनेर पिरल्थो त्यही भएर व्यवसाय सञ्चालन गरेको हुँ’’ गायक ढुङ्गानाले भन्नुभयो । साईड पेशा नपनाएको भए कोरोरा कोहरको बेला आर्थिक समस्या पर्ने उहाँ बताउनुहुन्छ । उहाँको कामलाई परिवारले साथ र सहयोग दिएका छन् । ‘‘काम गर्नुपर्छ कामले कामले सिकाउँछ गाई विरामी हुँदा कस्तो उपचार गर्ने, स्याहार सम्हार कसरी गर्ने भन्ने ज्ञान प्राप्त भएको छ कृषि सेवा मुलक पनि पेशा भएकाले मनमा खुसी मिलेको छ’’ गायक ढुङ्गानाले भन्नुभयो । शुरुमा एउटा गाई लगें कस्तो हुँदो रहेछ अनुभव गरे त्यसपछि बढाउँदै लगेको उहाँले बताउनुभयो । मकै लगाउने बारी घाँस लगाएर गाई पालन गर्नु भएको छ । दुध सबैले खानु पर्ने भएकाले विक्रीको समस्या हालसम्म नपरेको गायक ढुङ्गानाले भन्नुभयो । आफ्नो होटलमा पुगेर बढी भएको दुध दुम्सी दुग्ध उत्पादक सहकारीमा लगेर बेच्ने गरेको गायक ढुङ्गानाले बताउनुभयो । आफ्नै गाउँलाई समेटेर गायक