मनोरञ्जन |

पवनद्वीप बन्नुभयो १२ औं इण्डियन आइडल

गोरखापत्र अनलाइन
काठमाडौ, साउन ३१ गते । भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पार्नुभएको छ । आइतबार  दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाली मध्यरातसम्म चलेको थियो ।
भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार पाउनुहुनेछ । सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधि हासिल गर्न सफल हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।