मनोरञ्जन |

थिएटरलाई अहिले उच्च महत्व दिन थालियाे

विष्णु पाण्डेय, दृश्यमा मनाेजरन्न शाही/केशब गुरूङ्ग
काठमाडौं,मङ्ंसिर ३ गते । कात्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म कौशी थिएटरमा पचली भैरव नाटक मञ्चन भैरहेछ । जसको सम्पूर्ण ब्यबस्थापन मुनिकारले गरिरहनुभएको छ । प्राचिन कालका इतिहासको ऐतिहासिक कथमा आधारित छ पचली भैरव नाटक ।


आफू नौ–दश कक्षमा पढ्दादेखिनै थिएटरमा लागेको उहाँले सुनाउनुभयो । बुबा थिएटरमै रहेकाले आफूलाई पनि यस क्षेत्रमा लाग्न प्रेरण मिलेको उहाँले सुनाउनुभयो । पहिले यो क्षेत्रलाई कम महत्व दिने गरेको उहाँ बताउनुहुन्छ ।
तर ,अहिले भने यो क्षेत्रलाई उच्च महत्व दिने गरेको उहाँ बताउनुहुन्छ । पहिले–पहिले यो क्षेत्रलाई कम प्राथमिकता दिइन्थ्यो, यस्तोमा लागेर के हुन्छ र भन्ने मानिस पनि थिए । तर, अहिले भने यो क्षेत्रमा काम गर्नेको महत्व बुझ्दै छन्,’उहाँले भन्नुभयो ।
पछिल्लो समयमा यस क्षेत्रबाट गएर डिजिटल पर्दामा काम गरेकाले राम्रो प्रगति गरेको उहाँले बताउनुभयो । ‘थिएटरमा काम गरेकाले चलचित्रमा पनि राम्रो गरिरहेको उदाहरण प्रशस्तै छन् । त्यसकारण पनि यो क्षेत्रको महत्व धेरै छ,’उहाँले भन्नुभयो ।
थिएटरमा लागिसकेपछि मानिसलाई यसको लत नै लाग्ने उहाँ बताउनुहुन्छ । थिएटरमा काम गरेकालाई यसको लत नै लाग्दछ, कथामा डुबेको मान्छेले यो क्षेत्र छोड्नै सक्दैन, मुनिकारले भन्नुभयो ।