मनोरञ्जन |

बलिउडमा चार मेगा फिल्म भिड्दै

एजेन्सी । अमिरको ‘लाल सिंह चड्डा’, प्रभासको ‘सालार’, यशको ‘केजीएफ–२’ र वरुण धवनको भेडिया एकैदिन रिलिज हुने भएका छन् ।

आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ अर्को वर्षको वैशाखी (विसु पर्व) अर्थात् अप्रिल १४ मा रिलिज हुने निश्चित भएको छ । तर यो मिति आमिरका लागि निकै कठिन सावित हुन सक्ने बताइएको छ ।

सोही दिन साउथ कन्नड सुपरस्टार यशको ‘केजीएफ–२’ र साउथका स्टार प्रभासको ‘सालार’का दुई ठूला फिल्म पनि रिलिज हुँदैछन् । दुवै फिल्म एकैदिन रिलिज हुने भएकाले ‘लाल सिंह चड्डा’ अप्ठेरोमा पर्ने देखिएको छ ।

तीन ठूला फिल्मसँगै वरुण धवन र कृति सेननको ‘भेडिया’ पनि सोही दिन रिलिज हुँदैछ । अप्रिल २०२२ बलिउडका लागि निकै ठूलो महिना हुनेछ । चर्चामा रहेका चारसँगै अप्रिलमा आठ फिल्म प्रदर्शनको तयारीमा छन् ।

यसमा अमिताभ बच्चन, अजय देवगन–स्टारर मे डे, कंगना रनौतको ‘धाकड’, आर माधवनको ‘रकेटरी’ र टाइगर श्राफको ‘हिरोपन्ती–२’ रहेको छ।