मनोरञ्जन |

'चंडीगढ करे आशिकी' को उत्कृष्ट ओप्निङ

काठमाडौं, मङ्सिर २६ गते । सिने जगतमा विद्या बालन, अक्षय कुमार, आयुष्मान खुरानाजस्ता थोरै कलाकारहरू हुनुहुन्छ, जो आफ्नै शैलीका फिल्महरूबाट चिनिनुहुन्छ । यी स्टारहरूले मनोरञ्जनसँगै सन्देशमूलक विषयसहितको चलचित्र रोज्नुहुन्छ ।

आयुष्मानको 'चंडीगढ करे आशिकी' फरक विषयवस्तुमा बनेको मनोरञ्जनात्मक चलचित्र हो ।

फिल्ममा ट्रान्सजेन्डर परिवर्तनको मुद्दा उठाइएको छ । यसबाहेक अरु धेरै कुरा छन् । कथामा मनविन्दर मुंजाल उर्फ मनु (आयुष्मान खुराना) एक बडीबिल्डर हुनुहुन्छ जसले चण्डीगढमा जिम चलाउनुहुन्छ। वर्षौंदेखि प्रतियोगिता जित्ने चाहना, जसका लागि जिममा पसिना बगाउँछ । मनुका परिवारले उनलाई विवाहका लागि दबाब दिने यस्तै विषयवस्तुमा आधारित छ ।

यस्तै, चलचित्रले शुक्रबार ३.७५ करोडको कमाइ गरेको थियो । शनिबार पनि चलचित्रको व्यापार ४.८७ करोड छ ।