मनोरञ्जन |

बलिउड अभिनेत्री करिनालाई कोरोना संक्रमण

काठमाडौं, मङ्सिर २७ गते। बलिउड अभिनेत्री करिना कपुर कोरोना संक्रमित हुनुभएको छ । पछिल्लो रिर्पोट अनुसार उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उहाँसँगै उहाँको मिल्ने साथी अमृता अरोरालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

हालै करिना र अमृता आफ्ना साथीभाइसँग धेरै पार्टीमा उपस्थित हुनुभएको बताइएको छ ।

बीएमसीले यी दुबै अभिनेत्रीहरुको साथमा आएका व्यक्तिहरुको खोजी गरिरहेको छ।