सन्नी लियोनीको गीत परिवर्तन गरिने
काठमाडौं, पुष १२ गते । वृन्दावन सन्त र मध्य प्रदेश सरकारको चेतावनीपछि म्युजिक लेबल सारेगामाले विवादित गीत 'मधुवनमा राधिका नाचे' को शब्द परिवर्तन गर्ने निर्णय गरेको छ । साथै यो परिवर्तन गरिएको गीत तीन दिन भित्र सबै प्लेटफर्ममा अपलोड गरिने छ ।
म्युजिक लेबल सारेगामाले आफ्नो सोशल मिडिया प्लेटफर्ममा यो आधिकारिक बयान जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'हालका देशवासीहरूको प्रतिक्रिया र भावनालाई सम्मान गर्दै हामी मधुवन गीतको नाम र शब्द परिवर्तन गर्नेछौं । नयाँ गीतले आगामी तीन दिनमा सबै प्लेटफर्महरूमा पुरानो गीतलाई प्रतिस्थापन गर्नेछ ।'