भारतकाे हरियाणामा ११ दिनका लागि सबै थिएटर बन्द
काठमाडौं, पुष १८ गते । दिल्ली सरकारले थिएटर बन्द गर्ने निर्णय गरेपछि हरियाणाका पाँच जिल्लामा पनि ११ दिनका लागि थिएटरहरु बन्द गरिएको छ । अम्बाला, पंचकुला र सोनीपत जिल्लामा थिएटरहरु बन्द गरिएको हो । जुन आजदेखि १२ जनवरीसम्म जारी रहनेछ।
यो आदेश हरियाणा राज्य आपदा व्यवस्थापनले जारी गरेको हो । यसैबीच, भारतमा कोरोना संक्रमण बढेपछि फिल्म निर्माताहरूले 'जर्सी', 'आरआरआर' को रिलिज पनि स्थगित गर्नुभएको छ ।
यसका साथै पश्चिम बंगालमा ५० प्रतिशत क्षमताका थिएटर खोल्ने आदेश पनि जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।