'रेलको बाटो' नाममा फिल्म बन्ने
काठमाडौं, पुस २० गते । 'रेलको बाटो' गीतको नाममा फिल्म बन्ने भएको छ । चिरञ्जीवी सापकोटा (जीबी चिरन) ले 'रेलको बाटो' नाममा फिल्म बनाउन लागेको जानकारी दिनुभएको हो ।
यो फिल्म विन्दास प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागेको जीबीले बताउनुभयो । दुई-तीन दिनमै फिल्मको नाम दर्ता गर्ने प्रक्रीयामा हुने बताइएको छ । उहाँका अनुसार फिल्मको निर्देशक र अन्य कलाकार छनोट हुन बाँकी छ । टिमभित्र निर्देशकको बारेमाछलफल भइरहेको छ । केही दिनमा निर्देशक फाइनल गरेर फिल्म दर्ता हुनेछ ।
फिल्मको मुख्य भूमिकामा जीबी स्वयंले अभिनय गर्ने भएको छ । फिल्ममा अन्य मुख्य कलाकार भने थिएटरबाट धेरै हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
गत वर्ष सार्वजनिक 'रेलको बाटो' बोलको गीतले निक्कै प्रशंसा पाएको थियो । फिल्मको छायांकन कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा गरिने बताइएको छ ।