मनोरञ्जन |

'बजरंगी भाइजान' की मुन्नीलाई महाराष्ट्र सरकारको राष्ट्रिय सम्मान

काठमाडौं, पुस २६ गते । 'बजरंगी भाइजान' की मुन्नी अर्थात् हर्षाली मल्होत्रालाई महाराष्ट्र सरकारले प्रतिष्ठित 'भारत रत्न डाक्टर अम्बेडकर अवार्ड' बाट सम्मानित गरेको छ । 

महाराष्ट्रका गभर्नर भगत सिंह कोश्यारीले हर्षालीलाई अवार्ड प्रदान गर्नुभएको हो । हर्षालीले आफ्नो सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै लेख्नुभएको छ, 'भारत रत्न डा. अम्बेडकर राष्ट्रिय पुरस्कारबाट सम्मानित हुन पाउँदा गर्व महसुस गरेकी छु ।'