मनोज गजुरेललाई कोरोना संक्रमण
काठमाडौं, माघ १० गते । हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल अहिले कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनुभएको हो ।
आफूलाई कोरोना संक्रमण भएको जानकारी उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘ओमिक्रोनको आक्रमणबाट होम आइसोलेसनमा पस्नुभएका, अस्पतालमा बस्नुभएका तथा आईसियुमा पुग्नुभएका हामी सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ । पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’