चलचित्र 'बधाई दो' को पोस्टर सार्वजनिक
काठमाडौं, माघ १० गते । राजकुमार राव र भूमि पेडनेकर अभिनित चलचित्र 'बधाई दो' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यससँगै निर्माण पक्षले पोष्टरमार्फत चलचित्रको ट्रेलर भोलि अर्थात २५ जनवरीमा रिलिज हुने जानकारी पनि गराएको हो ।
पोष्टर सेयर गर्दै भूमिले लेख्नुभएको छ, 'भोलि हामी थिएटरमा आउँदैछौं । हे भगवान, म धेरै उत्साहित छु ।'