मनोरञ्जन |

फिल्म 'अनचार्टेड' फेब्रुअरी १८ मा रिलिज हुने

काठमाडौं, माघ १२ गते । टम हल्यान्ड अभिनित फिल्म अनचार्टेड फेब्रुअरी १८ मा हलमा प्रदर्शन हुने भएको छ ।

भारतमा फेब्रुअरी १८ मा अंग्रेजी, हिन्दी, तमिल र तेलुगु गरी चार भाषामा रिलिज हुनेछ । यस फिल्ममा टमका अलावा मार्क वाहलबर्ग पनि मुख्य भूमिकामा देखिनेछन् ।

फिल्मलाई रुबेन फ्लेर्चरले निर्देशन गर्नुभएको हो । मिडिया रिपोर्टका अनुसार यो फिल्मको बजेट करिब ९०० करोड रहेको छ ।