मिस तामाग पोखराको उपाधि मान्सीलाई
होमराज रानाभाट
पोखरा माघ १७ गते । तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जित हात पार्नुुभएको छ । उहाँले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा नौ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित एक लाख पुरस्कार हात पार्नुुभयो ।
प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बन्नुुभयो । उहाँले ५० हजार नगद पुरस्कार प्राप्त गर्नुुभयो । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ ले हात पार्नुभयो । उहाँले ३० हजार रुपैया पुरस्कार प्राप्त गर्नुुभयो । मिस ट्यालेन्ट सहित भ्युर्यस च्वाइस उपाधि जितेकी पेमा तामाङले २० हजार पुरस्कार प्राप्त गर्नुुभयो ।
यसैगरी, मिस कन्फिडेन्ड कृस्टि तामाङ, बेस्ट हेयर ऋतिका तामाङ, मिस ग्रेसफुल जीया तामाङ, मिस फोटोजेनिक रेखा तामाङ, मिस पपुलर पूजा तामाङ, बेस्ट वाक मनीषा तामाङ र मिस फ्रेन्डली सिर्जना तामाङ बन्न सफल हुुनुुभएको छ ।
प्रतियोगिताको प्रमुख निर्णायक जेसिआई बल्र्डका पूर्व उपाध्यक्ष राजु केसीले अन्तिम पाँच प्रतिस्पर्धीलाई ‘जलवायु परिवर्तनले आदिवासी जनजातिलाई परेको प्रभाव’ बारेमा लिखित जवाफ सोध्नुुभएको थियो । जसमा मान्सीको जवाफले निर्णायकको मन जितेको हो । अन्य निर्णायक मिस तामाङ वल्र्ड–२०२१ स्याङ्डोमा ब्लोन तामाङ र जोन्टा क्लबका उपाध्यक्ष मोनिका थापा रहनुुभएको थियो ।
कोरोना प्रभावका कारण आयोजकले भर्चुअल रुपमा कार्यक्रम गरेको हो । आयोजक, प्रतियोगी तथा तिनका आफन्त र केही संघसंस्थाका प्रतिनिधिसहित सिमित दर्शकको उपस्थितिमा लेकसाइडस्थ्ति बिजिबी रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरेको थियो ।